२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगरमा गम्भीर अवस्थाको बेवारिसे मानिस फेला

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १० गते , सोमबार
मेचीनगरमा गम्भीर अवस्थाको बेवारिसे मानिस फेला

बिर्तामोड । झापाको मेचीनगरमा गम्भीर अवस्थाको एक बेवारिसे मानिस फेला परेका छन । सोमबार बिहान अन्दाजी ७:३० बजेको समयमा मेचीनगर १० टिकापुर स्थित नागरडुब्बा खोला किनारमा उनलाई स्थानीयले फेला पारेका हुन् ।
तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष ३५/३६ को पुरुष मानिस लडिराखेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
इप्रका धुलाबारीबाट खटिएको प्रहरी  टोलीले उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर  पठाइएको र  अवस्था बोल्न नसक्ने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार