२०८३ बैशाख १८ गते , शुक्रबार

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १० गते , सोमबार
छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर मनाइँदै

झापा कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइँदैछ

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य  दिने व्रत विधि रहेको कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् फलस्वरूप उनले अटल सौभाग्य पतिप्रेम प्राप्त गरिन् त्यही बेलादेखिछठ पर्व मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको

सम्बन्धित समाचार