२०८३ बैशाख १८ गते , शुक्रबार

छठको आज दोस्रो दिन : खरना मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ९ गते , आईतबार
छठको आज दोस्रो दिन : खरना मनाइँदै

कात्तिक शुक्ल पञ्चमी अर्थात छठको दोस्रो दिन आज खरना मनाउने प्रचलन

आजको दिन ब्रतालुहरू दिनभरि निराहार व्रत बस्छन् साँझपख नुहाइधुवाइ गरी चोखो भान्सामा गाईको गोबरले लिपेर शुद्धीकरण गरिन्छ त्यसपछि माटोको नयाँ चुलोमा आँपको दाउरा बालेर खीर पकाउने चलन

चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन्

सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छठलाई एउटा कठिन व्रत उपवासको रूपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम ब्रह्मचार्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य चढाइ छठ पर्वको व्रतलाई  समापन गरिन्छ

सम्बन्धित समाचार