२०८३ बैशाख १८ गते , शुक्रबार

रूपन्देहीका १० उद्योगका लाइन काटियो

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ८ गते , शनिबार
रूपन्देहीका १० उद्योगका लाइन काटियो

झापा । केही वर्षदेखि ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल-भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको छ ।
प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।
उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग नै नगरेको, प्राधिकरणसँग कुनै सहमति तथा सम्झौता पनि नभएको बताउंदै बक्यौता तिर्न अस्वीकार गर्दै आएका थिए ।
चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा चारवर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउंदा आफूहरु अन्यायमा परेको भन्दै उद्योगीहरुले माग र खपत गरेको प्रमाण माग्दै आएका थिए ।
आफ्नो भार मिलान गर्दा प्राधिकरण आफैले उद्योगीले माग नै नगरेको अवस्थामा केही उद्योगहरु ट्रंक लाइनमा परेको बताएको थियो ।
यहाँका उद्योगीहरुले पूर्वका उद्योगहरुका समस्यासँग एकै ठाउँ राखेर हेर्दा आफूहरु अन्यायमा परेको दाबी गर्दै आएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा २०७५ चैत २५ मा गठित समितिद्वारा पेस गरिएको प्रतिवेदनमा यस क्षेत्रका उद्योगका सम्बन्धमा २०७४ चैत १४ सम्म पञ्चकन्या औद्योगिक करिडोरमा रहेकोमा उक्त मितिदेखि प्राधिकरण भैरहवाले आन्तरिक लोड व्यवस्थापन गर्न भरौलिया सबस्टेसनलाई अमवा सबस्टेसनमा जडान गर्ने क्रममा उक्त पञ्चकन्या करिडोर ट्रंक लाइनमा परिवर्तन हुन गएको भनी स्पष्ट उल्लेख भएकोले यस करिडोरका उद्योग प्राधिकरणको आन्तरिक व्यवस्थापनका क्रममा ट्रंक लाइनको परिभाषामा समेटिन पुगेको भनेको थियो ।

सम्बन्धित समाचार