२०८३ बैशाख १८ गते , शुक्रबार

प्रेमिका नितु पौडेलको मृत्युपछि पक्राउ परे बाबुल

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ७ गते , शुक्रबार
प्रेमिका नितु पौडेलको मृत्युपछि पक्राउ परे बाबुल

झापा गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन्

अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो

आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए

प्रहरीका अनुसार गिरी पौडेल झन्डै वर्षदेखि प्रेम सम्बन्धमा थिए

लामो समय प्रेम सम्बन्धमा रहेका नितुले बाबुललाई विवाहका लागि दबाब दिएपछि उनीहरुबिच झगडा हुन थालेको स्रोत बताउँछ बाबुलले नितुसँग विवाह नगर्ने बताउन थालेपछि नितु डिप्रेसनमा गएको उनका निकटस्थहरु बताउँछन्

सम्बन्धित समाचार