२०८३ बैशाख १८ गते , शुक्रबार

आज भाइटीका, कता फर्किएर टीका लगाउनु उत्तम ?

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ६ गते , विहीबार
आज भाइटीका, कता फर्किएर टीका लगाउनु उत्तम ?

बिर्तामोड । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो ।

भाइटीका लगाउनु भन्दा अगाडी कुनकुन देवताको पूजाअर्चना गरेर कस्तो विधि अपनाउने ? भाइटीका लगाउँदा कुनकुन सामग्रीको आवश्यकता पर्दछ ? यहाँ छोटकरीमा चर्चा गरिनेछ ।

शास्त्रहरूमा वर्णन गरिए अनुसार सूर्य भगवान्को पुत्र भनेको यमराज । अनि छोरी भनेको यमुना । यमराज यमलोकमा बस्नु हुन्छ भने यमुना पृथ्वीमा बस्नुहुन्छ ।

एक दिन आफ्नो बहिनीलाई भेट्नका लागि यमलोकबाट यमराज पृथ्वीमा आइपुगेको कथन छ । त्यसै अवसरलाई हामीले यमपञ्चक भन्ने गर्दछौँ ।

पाँच दिनसम्म यमुनाले आफ्ना दाजुलाई अत्यन्त दिव्य तरिकाले स्वागत सम्मान गर्नुभयो । यमपञ्चक समाप्त भइसकेपछि जान लाग्दा खेरी, ‘हे बहिनी, तिम्रो स्वागत र सत्कार देखेर अत्यन्त प्रसन्न भएँ । तिम्रो के इच्छा छ ?’ भनेर सोध्नुभयो ।

यमुनाले भनिन्, ‘हे दाजु, प्रत्येक वर्ष हजुर पाँच दिनका लागि यमलोकका सम्पूर्ण कार्यहरू छोडेर हजुर पृथ्वीमा आउनुहोस् । र, यस्तै प्रकारबाट हजुर र हामीहरू बसेर अत्यन्त उत्सव मनाऔँला । भनेर यही कुरा निवेदन गर्नुभयो । सोही दिनबाट यमपञ्चक प्रारम्भ भएको हो ।

अर्को प्रसङ्ग अनुसार बलि राजाले आफ्ना दस दिक्पालहरूलाई आफ्ना सेवकहरूलाई पृथ्वीको हालखबर बुझ्नका लागि यो समयमा पठाउनुहुन्छ । हामीले देउसी भैलो खेल्दा खेरी पनि हामीहरूले पनि उक्त वचनलाई हामीहरूले भन्ने र सुन्ने गर्दछौँ ।

दिदीबहिनीले पश्चिमतिर फर्केर टीका लगाउनु पर्दछ । भाइटीकाको उत्तम साइत ११ः३९ बजे रहेको छ ।

सम्बन्धित समाचार