२०८२ कार्तिक ४ गते , मंगलबार

बिपिन जोशीको शव प्रधानमन्त्री कार्कीद्वारा श्रद्धाञ्जलीपश्चात धनगढी पठाइयो

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ३ गते , सोमबार
बिपिन जोशीको शव प्रधानमन्त्री कार्कीद्वारा श्रद्धाञ्जलीपश्चात धनगढी पठाइयो

बिर्तामोड । हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव धनगढी पठाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा अन्तिम श्रद्धाञ्जली पश्चात उनको सब धनगढी पठाइएको हो ।
काठमाडौँबाट नेपाली सेनाको स्काई ट्रकमा ल्याइएको उनको शव धनगढी विमानस्थलमा अवतरण गराइएको हो ।
विमानस्थलबाट उनको शवलाई एम्बुलेन्समार्फत महेन्द्रनगरस्थित उनको घरतर्फ लगिँदै छ । धनगढीको महाप्रस्थानबाट उनको शवयात्रा महेन्द्रनगरका लागि अघि बढेको हो ।
जोशीको पार्थिव शरीर आज राति घरमा पुर्‍याइने र भोलि (कार्तिक ४ गते) उनको दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।
यसअघि जोशीको शव आजै दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू तथा सरकारी उच्च अधिकारीहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।त्यसपछि उनको शवलाई सेनाको स्काई ट्रकमा धनगढी पठाइएको थियो ।

सम्बन्धित समाचार