२०८२ कार्तिक ४ गते , मंगलबार
साढे १० लाख नगद, लागूऔषध र सुनसहित एक जना पक्राऊ

बिर्तामोड । झापाको मेचीनगरबाट ठूलो परिणाममा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेड क्वाटर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले दोलखा गाविस वडा नं. ५ बस्ने नङ्ग बहादुर बस्नेतलाई आईतबार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ४०.१८ ग्राम, नेपाली रुपैया १० लाख ५१ हजार १२० रुपैया र सुन ९०.५४० ग्राम बरामद गरेकाे जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको नङ्ग बहादुर बस्नेतलाई लागू पदार्थ, नगद रुपैया र सुन सहित आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको छ ।