२०८३ बैशाख १८ गते , शुक्रबार

विपिन जोशीको शव सोमबार नेपाल आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २ गते , आईतबार
विपिन जोशीको शव सोमबार नेपाल आइपुग्ने

बिर्तामोड हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाली ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे बजे नेपाल आइपुग्नेछ उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जलि कार्यक्रम गरिने

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विपिन शव ल्याउन नेपालबाट प्रतिनिधि जाने भनिए पनि तयारी भने भइनसकेको बताए लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए सन् २०२३ अक्टोबर मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए, जहाँ १० नेपालीको ज्यान गएको थियो ती १० नेपालीको शव त्यतिबेलै नेपाल ल्याइएको थियो विपिन हमासको कब्जामा रहेको थाहा पाएपछि रिहाइका लागि नेपालले निकै प्रयास गरेको थियो

हमास समूहले इजरायललाई विपिनको शव हस्तान्तरण गरेपछि त्यसको डीएनएलगायत अन्य परीक्षणमार्फत उनी नै रहेको पुष्टि भएपछि इजरायलबाट शव ल्याउने प्रक्र सुरु गरेको हो भोली जोशीको शव नेपाल आइ पुग्नेछ

सम्बन्धित समाचार