२०८२ कार्तिक ४ गते , मंगलबार
पाथीभरामा ३३ लाख ८२ हजार सङ्कलन

बिर्तामोड । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा एकै महिना ३३ लाख ८२ हजार भेटी सङ्कलन भएको छ । असोज महिनामा सो रकम संकलन भएको हो ।
असोज महिनामा आएका २९१७४ जना भक्तजनबाट सो भेटी सङ्कलन भएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।