२०८२ कार्तिक ४ गते , मंगलबार
दुई जिल्लाका प्रहरी प्रमुख फेरिए, धनुषामा कुँवर र रौतहटमा कार्की

झापा । नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ । काज सरुवा गरिएसँगै दुई जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा रविन कार्कीको सरुवा भएको छ ।
धनुषामा कार्यरत नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा र रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । रेग्मी र गिरी २०८२ वैशाख १५ मा जिल्ला गएका थिए ।
मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ ।