२०८३ बैशाख १८ गते , शुक्रबार
सर्पदंशबाट अर्जुनधारामा एक बालकको मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
गएराति अर्जुनधारा–११ चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका छोरा १० वर्षीय अनिश राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।
उनका बुबाले उपचारको चारआली सर्पदंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।