२०८३ बैशाख १८ गते , शुक्रबार
तिहारका लागि माटाको सामान बनाउन व्यस्त
बिर्तामोड । तिहार नजिकिएसँगै कुमाल समुदायका मानिसहरूलाई माटाका भाँडाकुँडा बनाउन भ्याईनभ्याई छ ।
तिहारमा लक्ष्मी पुजाको साँझ घर–घरमा दीपावली गर्न आवश्यक माटाका पाला, कलश, धुपौरो, सुकुन्दा लगायतका सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ ।
बाह्रदशीका रोशनको दैनिकी पनि उही छ। 'अहिलेलाई हाम्रो आम्दानीको मुख्यश्रोत यही हो। तर कच्चा पदार्थको अभाव छ,’ उनले भने, 'हामीलाई माटोको अभावका कारण पाला बनाउन समस्या भइरहेको छ। यही अवस्थाको निरन्तरता हुने हो भने हामी कुनै दिन यो पेसा गर्न सक्ने अवस्थामा हुने छैनौँ।’ उनले विगतमा सित्तैमा पाइने कालीमाटी यति बेला अन्य पालिकाहरूबाट खरिद र ढुवानी गरेर ल्याउनुपर्ने अवस्था रहेको बताए।