२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोडको यातायात कार्यालयले बिहीबारदेखि आंशिक सेवा दिने
बिर्तामोड । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयले बिहीबार (भोलि)देखि आंशिक सेवा शुरु गर्ने भएको छ ।
बुधबार एक सुचना जारी गर्दै कार्यालयले बिहीबारदेखि केहि सेवाहरु शुरु गर्ने जानकारी दिएको हो । कार्यालयले स्मार्ट लाइसेन्स वितरण र रुट परमिट तथा जाँचपास गर्ने जनाएको हो ।
कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जारी गरेको सूचनामा स्मार्ट लाइसेन्स वितरण र जरिवाना नलागेको हकमा रुट इजाजत र जाँचपासको कार्य गरिने उल्लेख छ ।
अन्य सेवाहरुको सम्बन्धमा पछि सूचना प्रकाशन गरिने उल्लेख छ ।
जेन जी आन्दोलनको क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि कार्यालयको सेवा अवरुद्ध भएको थियो ।
