२०८३ बैशाख १८ गते , शुक्रबार
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख फेरिँदै
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख फेरिने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा कार्यरत प्रहरी निरीक्षक गणेश पौडेलको केन्द्रीय अनुसन्धान व्यूरो पिलर ३ ठगी, किर्ते, बाल यौन दुराचार, मुद्रा अपचलन, पुरातात्विक अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।
उनको ठाउँमा प्रहरी निरीक्षक सन्तोष राई आउने भएका छन् । राई इलाका प्रहरी कार्यालम अनारमनीमा कार्यरत छन् ।