२०८३ बैशाख १८ गते , शुक्रबार

एउटै मुद्धामा दोस्रो पटक पक्राउ परे पूर्व सभामुख महरा

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २६ गते , आईतबार
एउटै मुद्धामा दोस्रो पटक पक्राउ परे पूर्व सभामुख महरा

काठमाण्डौ इलेक्ट्रिक चुरोटभेपमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई २०८० चैत मा पक्राउ गरेको थियो भारत भाग्न लागेको आशंकामा घेरा हालेर रुपन्देहीबाट पक्राउ गरेपछि काठमाडौं ल्याइएका महरालाई त्यसबेला चार दिनपछि हाजिर जमानीमा रिहा भएका थिए

सुन प्रकरणमा बयान पूरा भएपछि सीआईबीको सिफारिसमा त्यसबेला पाँचवटा आधार लिएर काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयका तत्कालीन जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई छाड्न सहमति दिएका थिए हाजिर जमानीमा रहँदा प्रहरीले भनेको समयमा हाजिर हुन जानुपर्छ सीआईबीले बोलाएको बेलामा उपस्थित भइरहेका महरालाई १८ महिनापछि सरकार परिवर्तन भएसँगै आइतबार फेरि पक्राउ गरिएको

पुरानो सत्ता समीकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पनि परिवर्तन भएको अवस्थामा महरा पक्राउ परेका हुन् सीआईबीको नेतृत्व अहिले एआईजी डा. मनोज केसीले गरिरहेका छन्

महराले आठ प्रकारको औषधि सेवन गरिरहेको स्वास्थ्य समस्याबारे अस्पतालको कागजातको आधारमा प्रहरीले त्यसबेला उनलाई रिहा गरेको थियो महरा अहिले पनि पुरानै मुद्दा अर्थात् २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोटभेपमा लुकाएर ल्याएको सुनबारे अनुसन्धानका लागि पक्राउ परेका हुन्

उनलाई आइतबार ललितपुर महानगरपालिका२६ स्थित खुमलटारबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए बयान पूरा भएको अवस्थामा एउटै मुद्दामा दोस्रो पटक पक्राउ गर्नुको कारणबारे एसएसपी श्रेष्ठले भने, ‘केही अनुसन्धान बाँकी , त्यसैले पक्राउ गरिएको हो ’ 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्दा चलाउन सिफारिस गरेको थियो आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेस गर्ने सीआईबीको तयारी

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ नागरिक दाओजिन वाङसँगकनेक्सन देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो

महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बयानमा उनले भनेका थिए, ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन

चिनियाँ नागरिक ली हासोङले भेपमा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा उनका छोरा राहुलले छुटाउन भूमिका खेलेका थिए राहुल यसअघि पक्राउ परेका थिए

भेपमा सुन ल्याउने समूहका आसिन पेङ दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ ली हासोङ तीनैजना फरार छन्

भेपमा सुन भएको थाहा पाएपछि विमानस्थलका नायब सुब्बा रेवन्त खड्काले अर्को समूहसँग मिलेर गोदामबाट चोरेर बेचे भेप प्रकरणबारे महरा उनका छोराले अनावश्यक चासो राखेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले त्यसबारे प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेका थिए

भेप प्रकरणमा सीआईबीले जीवनकुमार गुरुङसँग बयान लिएको थियो गुरुङ प्लाटिन कलेजका सीईओ हुन् दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न देखिएका छन् वाङसँगको कनेक्सनको आधारमा उनीविरुद्ध ६० किलो सुनमा पनि अनुसन्धान गर्न सकिने आधार भएको सीआईबीका एक उच्च अधिकृतले बताए

सम्बन्धित समाचार