शिवसताक्षीमा सवारी दुर्घटना, बिर्तामोडकी भट्टराईको मृत्यु
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा बिर्तामोड–५ निवासी २५ बर्षीया निरुता भट्टराईको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो अन्दाजी १ः२० बजे शिवसताक्षी नगरपालिका १ मन्दिर टोल स्थित भित्रि पक्की सडक खण्डमा पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प १–०१–०१६ प ९३५८ नम्बरको को स्कुटर र बिपरित दिशातर्फबाट जादै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक भट्टराई, स्कुटरको पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङ बेसी गाउँपालिका ४ बस्ने बर्ष ३४ को सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका १ बस्ने अन्दाजी बर्ष ३१ को सुरज कार्की गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएकोमा स्कुटर चालक भट्टराईलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।