२०८३ बैशाख १८ गते , शुक्रबार

झापाका ८९ फरार थुनुवा फर्किएनन्, २४ थान हतियारपनि फिर्ता भएन

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २३ गते , विहीबार
झापाका ८९ फरार थुनुवा फर्किएनन्, २४ थान हतियारपनि फिर्ता भएन

बिर्तामोड जेन जी आन्दोलनका क्रममा भदौ २४ गते झापाका विभिन्न प्रहरी कार्यालयबाट फरार थुनुवा अफै फर्किएका छैनन् इलाका प्रहरी कार्यालय अनारमनी, दमक झिलझिलेबाट भगाइएका थुनुवा अफै  फरार रहेका हुन्

आन्दोलनका क्रममा प्रहरी कार्यालय आगजनी तोडफोड गर्ने क्रममा आन्दोलनकारीले भगाएका ९२ जना थुनुवा मध्ये केहि दिनपछि जना प्रहरीको सम्पर्कमा आएको बाँकि ८९ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको आन्दोलनका क्रममा बिर्तामोडबाट ३६ जना, झिलझिलेबाट जना दमकबाट ५१ जना फरार भएका थिए प्रहरीले फरार थुनुवा तथा कैदीबन्दी पक्राउ गर्न अपरेशन नै सञ्चालन गरेको भएपनि झापामा हालसम्म कोहि पक्राउ परेका छैनन्

त्यस्तै आन्दोलनकारीले प्रहरी कार्यालयबाट लुटेका हतियार मध्ये अझै २४ थान हतियार फिर्ता नभएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए प्रहरीको हतियार बाहिर हुँदा समाजमा त्रास फैल्याएको भने शान्ति सुरक्षामा चुनौती थपिएको   

सम्बन्धित समाचार