२०८३ बैशाख १८ गते , शुक्रबार

बाढी प्रभावित झापा गाउँपालिकामा राहत वितरण गरिँदै

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २२ गते , बुधबार
बाढी प्रभावित झापा गाउँपालिकामा राहत वितरण गरिँदै

बिर्तामोड । असोज १८ गते आएको अविरल वर्षाका कारण डुबानमा परेको झापा गाउँपालिकामा आज राहत वितरण हुँदैछ ।
बाढीका कारण डुबानमा परेका पाँच सय परिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न सामग्री वितरण गर्न लागिएको हो । एकका लागि एक अभियान र न्याय तथा विकासका लागि सामाजिक सञ्जालले ती परिवारलाई राहत उपलब्ध गराउन लागेको हो ।
प्रति परिवार २५ केजी चामल, दाल २ केजी, आलु ५ केजी, २ केजी नुन, १ लिटर तेल, २ थान ब्ल्याङ्केट र २ थान कालो म्याट वितरण गर्न लागिएको न्याय तथा विकासका लागि सामाजिक सञ्जालका कार्यक्रम अधिकृत  रंजन धमलाले जानकारी दिए ।
नेपाली सेना अरिदमन गण, चारआलीको सहयोगमा मङ्गलबार नै राहत सामाग्री पठाइएको छ ।  

सम्बन्धित समाचार