२०८३ बैशाख १८ गते , शुक्रबार

आज कोशीमा सामान्य बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २२ गते , बुधबार
आज कोशीमा सामान्य बर्षाको सम्भावना

झापा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव रहेको छ।

जसको प्रभावले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको

आज दिउँसो कोशी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको

आज राति कोशी मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने कोशी मधेस प्रदेश लगायत बागमती प्रदेश गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको

सम्बन्धित समाचार