२०८३ बैशाख १८ गते , शुक्रबार

यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस कुनकुन सडक अवरुद्ध छन्

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २१ गते , मंगलबार
यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस कुनकुन सडक अवरुद्ध छन्

झापा बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा डालावेशीमा पहिरोका कारण आवतजावत अवरुद्ध रहेको  

त्यस्तै कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका एकुवा भोटखोला गाउँपालिका बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन्

मेची राजमार्गको राजदुवाली पुल मास्तिर सडक भासिएको पुवाखोला मास्तिर मिल गोलाईमा सडक भत्किएकाले सवारी सञ्चालन हुन सकेका छैनन्

यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित घट्टेखोला, बालुवाखानी तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका रसुवागढी स्थित नेपाल चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको

सम्बन्धित समाचार