२०८३ बैशाख १८ गते , शुक्रबार

तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गिरफ्तार गर्न सुदन गुरुङ समूहको दबाब

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २१ गते , मंगलबार
तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गिरफ्तार गर्न सुदन गुरुङ समूहको दबाब

झापा जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको

जेनजी समूहले ओली लेखकलाई गिरफ्तार गरेर फौजदारी मुद्दा चलाउन दबाब दिँदै परिसर अगाडी घेराउ गरेका छन् विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ २४ मा भएको प्रदर्शनबारे जाँचबुझ गरिरहेको भन्दै प्रहरीले जाहेरी नलिएपछि उनीहरुले प्रहरी कार्यालय अगाडी बसेर दबाब दिएका हुन्

जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाईहाइ अलर्टमा राखिएको काठमाडौँका संवेदनशील ठाउँमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ती अधिकृतले भने– ‘प्रहरी कर्मचारीलाई एकत्रित गरेर तैनाथ गरिएको  

भद्रकालीस्थित परिसरमा कार्यरत प्रहरी कर्मचारीलाई पनि कार्यालयमा बोलाएर स्ट्याण्डबाई राखिएको परिसरका एक जना अधिकृतले बताए

सम्बन्धित समाचार