२०८३ बैशाख १८ गते , शुक्रबार
बुट्टाबारी बस दुर्घटनाका चालकको मृत्यु
बिर्तामोड । असोज १६ गते बिहान ९:३० बजे बिर्तामोडको बुट्टाबारी स्थित चिया बगानमा बस दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ ।
सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बसका चालक विराटनगर-२ बस्ने ४५ वर्षीय मुकुन्द विश्वकर्माको आज निधन भएको हो । बिएण्डसी अस्पतालमा उपचारको क्रममा उनको आज दिउँसो १ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको उक्त बस गिरिबन्धु चिया बगानमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी यसअघि दुईजनाको मृत्यु भएको थियो ।