२०८३ बैशाख १८ गते , शुक्रबार
इलाम–झापा ‘डिस्कनेक्टेड’
बिर्तामोड । भदौ १८ र १९ गते आएको बाढी पहिरोका कारण इलाम–झापाको सडक सञ्जाल विच्छेद भएको छ ।
मेची राजमार्ग अन्तर्गत राजदुवालीको पुलबाट आवतजावत बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले सोमबार विहान एक सूचना जारी गरि मंगलबार बिहानसम्मका लागि लामो तथा छोटो दुरीका सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
फिक्कल–नयाँबजार–इलाम जाने बाटो समेत अवरुद्ध बनेको छ । मैयुम खोलाको पुल बगाएका कारण उक्त सडकखण्ड अबरुद्ध बनेको हो ।
फास्ट ट्रयाकको रुपमा रहेको दानाबारी–इलामको बाटोसमेत पुलका कारण अबरुद्ध बनेको हो । बेलासेको पुल भाँचिएको छ भने बेलिब्रिज बगाएको छ ।
बाढी पहिरोका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ । पहिरोमा परि इलाममा ३७ जनाले ज्यान गुमाएका छन् ।