२०८३ बैशाख १८ गते , शुक्रबार
ऊर्जा मन्त्री घिसिङ र गृह मन्त्री अर्याल आज इलाम जाँदै
बिर्तामोड । विपद्को घटनामा सबैभन्दा बढी प्रभावित भएको इलाममा सोमबार (आज) दुई मन्त्री जाने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सोमबार प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि जान लागेका हुन् ।
सो क्रममा उनीहरुले क्षतिको अनुगमन गर्नुका साथै आवश्यक राहत र पुनस्र्थापनाबारे पहलकदमी लिने घिसिङको सचिवालयले जनाएको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण इलाममा ३७ जनाले ज्यान गुमाएका छन् ।