डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बिर्तामोड । शनिबार राति परेको भारी वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापा खण्ड अवरुद्ध भएको छ ।
निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाएकाले सवारी आवागमन अवरुद्ध भएको हो । काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको र सवारी अवरुद्ध भएको ट्राफिक प्रहरी पोस्ट काकरभिट्टा जनाएको छ । डाईभर्सनका लागि राखिएको ह्युमपाइप खोलेर सडक सुचारु गर्ने प्रयास भइरहेको ट्राफिक प्रहरी पोस्ट काकरभिटाका प्रहरी हवल्दार दिनेश पौडेलले जानकारी दिए ।
त्यस्तै माइधार र दुधेबिचको डाइभर्सन पनि बगाउँदा यात्रुहरु अलपत्र परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कन्काई माईमा पानीको बहाव बढ्दा दोमुखा क्षेत्रको खोला आसपास मा कटान सुरु भएको छ । माई तथा बिरिङ खोलामा जल सतह बढेसँगै सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ