२०८३ बैशाख १८ गते , शुक्रबार

पाँचथर बोलेरो गाडी दुर्घटना अपडेट (घाइतेको नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १८ गते , शनिबार
पाँचथर बोलेरो गाडी दुर्घटना अपडेट (घाइतेको नामावलीसहित)

बिर्तामोड । आज दिउँसो १२ बजे पाँचथर कुम्मायक गाउँपालिका-३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा बलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट धरानतर्फ आउँदै गरेको मे.१ ज.३०५५ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकदेखि दाहिने पट्टी तमोर खोलाको किनारमा अन्दाजी ३०० मिटर तल झरेर दुर्घटना भएको थियो ।
मृत्यु हुनेहरुमा ३ पुरुष र ३ महिला रहेका छन् । उनीहरूको शव जिल्ला अस्पताल पाँचथरमा ल्याइएको र सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण गौतमले जानकारी दिए ।  दुर्घटनामा परी घाइते हुनेहरुको विवरण
वि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा, धरानमा उपचार भई रहेकाहरु
१. ताप्लेजुङ मेरिङ्देन गाउँपालिका-५ बस्ने बर्ष २२ को महेश लिम्बु निधार दायाँ आँखामाथि, टाउकोमा चोट, अवस्था मध्यम ।
२. मिक्लाखोला गाउँपालिका-४ बस्ने बर्ष २५ कि मनु सावा लिम्बु निधार, दायाँ आँखामाथि, अनुहार र छातीमा चोट, अवस्था गम्भिर ।
३. कालीखोला बस्ने सन्तोष लिम्बुको छोरा बर्ष ७ को अनिश लिम्बु दायाँ खुट्टामा चोट, अवस्था सामान्य ।
४. सुनसरी ईटहरी-७ बस्ने बर्ष ३५ को महेश गुरागाँई ढाँडमा चोट, अवस्था मध्यम ।
५. ताप्लेजुङ मेरिङ्देन गाउँपालिका-५ बस्ने अन्दाजी बर्ष २५ को बिमल लिम्बुको टाउको र अनुहारमा चोट, अवस्था गम्भिर ।
उपचारका लागि झापा पठाइएको
१. ताप्लेजुङ मिक्लाखोला गाउँपालिका-४ सावा बस्ने बर्ष अन्दाजी ३० को संजोहाङ लिम्बुको टाउकोको पछाडिको भागमा गहिरो चोट, खुट्टा र शरिरको बिभिन्न भागमा चोट, अवस्था सामान्य बोल्न सक्ने मध्यम ।

सम्बन्धित समाचार