२०८३ बैशाख १८ गते , शुक्रबार
मोटरसाइकलको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु भएको छ । भद्रपुर-४ बस्ने समिर रायमाझीकी छोरी इन्दु रायमाझीको मृत्यु भएको हो ।
बिहीबार साँझ अन्दाजी ६:५५ बजे झापा भद्रपुर नगरपालिका वडा न. ४ तारानगरस्थित भित्रि सडक खण्डमा भद्रपुरबाट तारानगर तर्फ जादै गरेको प्र.१-०१-०१६ प ५४६४ न.को मोटरसाइकलले सोही ठाउँ बस्ने इन्दुलाई खेल्ने क्रममा ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन्। शरिरको बिभिन्न भागमा चोट लागेको इन्दुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेकोमा आज (शुक्रबार) बिहान ७:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।
मोटरसाइकल र मोटरसाइकल चालक स्थानीय यादव रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।