बिर्तामोड बस दुर्घटना: मृतकको पहिचान खुल्यो, १३ जना घाइते
बिर्तामोड । बिहिबार बिहान बिर्तामोडमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेहरूको पहिचान खुलेको छ । मृत्यु हुनेमा इटहरी-११ बस्ने बर्ष-४६ को दिनेश कुमार भट्टराई र बस कण्डक्टर मोरङ रंगेली-२ बस्ने ४२ को राज कुमार चौधरी रहेका छन् ।
बिर्तामोडस्थित गिरिबन्धु टिस्टेट अगाडि बिहिबार बिहान ९:३० बजेको समयमा बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रु बाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
घाइतेको नामावली
१. सुनसरी इटहरी-११ बस्ने बर्ष ३८ को गुलसन राज शर्मा (हात खुट्टामा चोट सामान्य)
२. सुनसरी इटहरी-११ बस्ने निजकै श्रीमती बर्ष-३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३. सुनसरी इटहरी-११ बस्ने निजकै छोरी बर्ष-६ की मनसुइ शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
४. सुनसरी इटहरी-११ बस्ने बस्ने बर्ष-३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५. मोरङ बिराटनगर महा नगरपालिका वडा नं-२ बस्ने बर्ष-४२ को सोम कुमार भुजेल -सहचालक (हात खुट्टामा चोट सामान्य)
६. पाँचथर कुम्मायक गाउँपालिका-६ बस्ने बर्ष-२८ की गंगा लिम्बु (हात खुट्टा अनुहारमा चोट अवस्था सामान्य)
७. झापा कमल-७ बस्ने सुभाष लावतीको छोरा बर्ष-८ को लोजिहाङ लावती (टाउकोमा चोट अवस्था मध्यम)
८. झापा कमल-७ बस्ने बर्ष-२३ की सुहाना लिम्बु (हात खुट्टामा चोट अवस्था सामान्य)
९. झापा कमल-७ बस्ने निजकै भतिज बर्ष-५ को मेङ्सो लिम्बु (हात खुट्टामा चोट अवस्था सामान्य)
१०. मोरङ बिराटनगर-१ बस्ने बर्ष १७ कि अनुषा भट्टराई - अवस्था सामान्य
११. मोरङ बिराटनगर-१ बस्ने बर्ष -३६ कि मन्जु खतिवडा - (हात,खुट्टा र अनुहारमा चोट अवस्था सामान्य)
१२. दमक-१ बस्ने बर्ष ६० कि राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट अवस्था सामान्य)
१३. जिल्ला ताप्लेजुङ फक्ताङ्लुङ-१ बस्ने राकेश लिम्बु -(हात खुट्टा अनुहारमा चोट अवस्था सामान्य)