२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा बस दुर्घटना, मृतक संख्या २ पुग्यो*

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १६ गते , विहीबार
बिर्तामोडमा बस दुर्घटना, मृतक संख्या २ पुग्यो*

बिर्तामोड। झापाको बुट्टाबारीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आज बिहान ९.३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारी स्थित चिया बगानमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य एक जनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो । पहिचान खुल्न नसकेका मृतकको शव घटनास्थलमै रहेको छ ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि विएण्डसी अस्पताल लैजाने कार्य भैरहेको छ ।

सम्बन्धित समाचार