२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा प्रहरी पुनर्स्थापना, नागरिक समाजले गरे भव्य स्वागत

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १५ गते , बुधबार
बिर्तामोडमा प्रहरी पुनर्स्थापना, नागरिक समाजले गरे भव्य स्वागत

बिर्तामोड झापाको बिर्तामोडमा प्रहरी पुनर्स्थापना भएको भदौ २४ गतेको आन्दोलनपछि विस्थापित जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय अनारमनी बुधबारबाट पुनर्स्थापना भएको हो

जेन जी आन्दोलनबाट ध्वस्त बनेका जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय अनारमनीको भवन पुनर्निर्माण पश्चात बुधबार नागरिक समाजले प्रहरीलाई भव्य स्वागत गरेका थिए हनुमान सेन्टरबाट शुरु भएको र्याली इलाका प्रहरी कार्यालयहुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर टुङ्गिएको थियो

बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईसहित स्थानीयले इलाका प्रहरी प्रमुख डीएसपी विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर गणेश पौडेलसहित प्रहरीलाई पुष्प गुच्छासहित खदा अबिरले स्वागत गरेका थिए

स्थानीय युवा व्यवसायीहरु पदम श्रेष्ठ, रमेश चौधरी, विपीन बजगाईलगायतको अगुवाईमा विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा दुवै भवनको मर्मत गरिएको हो शान्ति सुरक्षा कायम गर्न प्रहरीको मनोबल बढाउन नागरिकस्तरबाट सबै काम गरिएको पुनर्निर्माणका अगुवा व्यवसायी पदम श्रेष्ठले बताए

सम्बन्धित समाचार