२०८३ बैशाख १८ गते , शुक्रबार

दशैं विदामा पनि श्रम स्वीकृति पाइने

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १४ गते , मंगलबार
दशैं विदामा पनि श्रम स्वीकृति पाइने

झापा वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृति जारी गर्ने भएको त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए

दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन्

वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेको उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको उनको भनाइ

श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको

संयुक्त अरब इमिरेट्स (यूएई) ले हाल भिजिट भिसामा रोक लगाएको भने वर्किङ भिसामा समेत कडाइ गरेको मलेसिया लगायतका अन्य मुलुकहरूले समेत वर्किङ भिसामा कडाइ गर्दै आएका छन्

गत भदौ २३ २४ गते नेपालमा चलेको जेनजी आन्दोलनपछि कैदीबन्दीहरू भागेको कारण देखाउँदै ती देशहरूले कडाइ गरेका हुन्

सम्बन्धित समाचार