२०८३ बैशाख १८ गते , शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल फेरी खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १३ गते , सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल फेरी खुल्यो

झापा अधुरो अनुसन्धानमैटुंगिएको भनिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणमा प्रहरी फेरि सक्रिय भएको छ। सोहीअन्तर्गत आइतबार दिउँसो जावलाखेलस्थित कांग्रेस सभापति शेरबहादुर देउवाका सालो तथा डा. आरजु राणाका भाइ भूषण राणाको घरमा छापा मारिएको प्रहरी स्रोतले जनाएको

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को निरीक्षणका क्रममा राजनीतिक आग्रहमा बन्द गरिएका कतिपय अनुसन्धान पुनः गर्न निर्देशन दिएपछि प्रहरीले उक्त प्रकरणको पूरक अनुसन्धान सुरु गरेको स्रोतले जनाएको

डीएसपी सत्यनारायण थापा नेतृत्वको टोलीले राणाको घरमा छापा मारेको थियो तर, घरको लिभिङ रुम राणाको शयन कक्षमा छापा मार्ने क्रममा आशंकित कागजात फेला नपरेपछि प्रहरी रित्तै फर्किएको थियो राणा भने केही महिनौदेखि इटलीमा छन्

राणाको घरमा छापा मारिँदा कतिपयले भदौ २३ २४ को जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति देउवाको घरमा भेटिएका रकमसँग जोडिएको विषयका रूपमा अनुमान गरेका थिए तर, राणाको घरमा छापा मार्ने विषय उक्त आन्दोलन वा घटनासँग सम्बन्धित नरहेको प्रहरी स्रोतले जनाएको

उक्त प्रकरणमा राणामाथि अनुसन्धानका क्रममा एकचोटि बयान लिइसकिएको सिआईबीस्रोतले जनाएको तर, पहिलो बयानलगत्तै उनीमाथि अनुसन्धान नगर्न उच्च राजनीतिक दबाब आएपछि उनलाई छुटाएर अन्य प्रतिवादीका हकमा मात्र मुद्दा अभियोजन गरिएको थियो

उहाँले इन्कारी बयान दिनुभएको थियो, तर तथ्यको अध्ययन गर्दा उहाँ उहाँको दिदी नाता पर्ने आरजु राणाको पनि संलग्नता भूमिका देखिएको थियो, स्रोतले भन्यो पुनः अनुसन्धानका क्रममा उनीमाथि पुनः सोधपुछ गर्न खोज्दा सम्पर्कमा नआएपछि प्रहरी टोली आइतबार दिउँसो उनको घरमै गएको हो परिवारका सदस्यले उहाँ विदेशमा बस्न थालेको भनेपछि उहाँहरूकै अनुमतिले उहाँका कागजात अनुसन्धान गरिएको हो, केही फेला परेको छैन, सिआईबी स्रोत भन्छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री टोपबहादुर रायमाझी, गृह सचिव टेकनारायण पाण्डेसहितको संलग्नता भेटिएको थियो केही दिनअघि सिआईबी प्रमुखको जिम्मेवारीमा पठाइएका एआईजी डा. मनोजकुमार केसीले २०७९२०८० सालमा उक्त घटनाको अनुसन्धान गरेका थिए

उनी त्यसबेला सिआईबीमै कार्यरत थिए उनी नेतृत्वको अनुसन्धानपछि कारबाही सिफारिस गरिएकामध्ये ३० जनाका विरुद्ध मुद्दा चलेको थियो सिआईबीले जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकाली, काठमाडौंमा प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उक्त कार्यालयले २०८० जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो

मुद्दा दायर भएपछि पूर्वगृहमन्त्री खाँण वैशाख २७ गते चाबहिल, मैजुवहालबाट पक्राउ परेका थिए पक्राउ पूर्जी जारी भएपछि फरार रहेका अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए तत्कालीन गृहसचिव टेकनारायण पाण्डे २० गते पुरानो सिनामंगलबाट पक्राउ परेका थिए

उनीहरू विरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध संगठित अपराधको मुद्दामा कूल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ३० प्रतिवादीमध्ये खाँण, रायमाझी, पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारा चलान गरिएको थियो त्यसमध्ये खाँण २०८१ मंसिर २८ गते रिहा भएका थिए उनलाई उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको बेञ्चले ३० लाख रुपैयाँ धरौटी लिएर रिहा गरेको हो उनी समानकै अभियोग लागेका रायमाझी, पाण्डेसहितका प्रतिवादी अझै पुर्पक्षका लागि थुनामै छन्

सम्बन्धित समाचार