२०८३ बैशाख १८ गते , शुक्रबार

केपी ओलीसहित ५ जनालाई काठमाण्डौ छोड्न रोक

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १२ गते , आईतबार
केपी ओलीसहित ५ जनालाई काठमाण्डौ छोड्न रोक

बिर्तामोड पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहित जनालाई काठमाण्डौ छाड्न रोक लगाइएको भाद्र २३ २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ ले उनीहरुलाई विदेश भ्रमणमा जान तथा काठमाण्डौ छोड्न रोक लगाएको हो

आयोगले आज २०८२ असोज १२ गते गरेको निर्णयानुसार उनीहरुलाई आयोगको स्वीकृति बेगर काठमाण्डौ छाड्न रोक लगाएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो  

भाद्र २३ २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति वेगर काठमाण्डौ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पवाचार गर्ने,’ विज्ञप्तिमा भनिएको

आयोगले ओलीसहित पूर्व गृहसन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा काठमाण्डौ जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई काठमाण्डौ छाडेर अन्यत्र जान रोक लगाएको हो

भाद्र २३ २४ गते भएको आन्दोलनमा परि ७२ जनाले ज्यान गुमाएका छन्

सम्बन्धित समाचार