२०८३ बैशाख १८ गते , शुक्रबार
इप्रका अनारमनीलाई बिर्तामोडले दियो दुई वटा गाडी
बिर्तामोड । जेन जी आन्दोलनबाट गाडी ध्वस्त भएपछि बिर्तामोड नगरपालिकाले इलाका प्रहरी कार्यालय अनारमनीलाई दुई थान गाडी उपलब्ध गराएको छ ।
कार्यालयको काम कारबाहीलाई सहज बनाउन ती गाडी उपलब्ध गराइएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महतारा प्रसाईले बताइन् । पालिकाले बा २ झ १२०७ नम्बरको टाटा सफारी र प्रदेश १–०१–००१ झ ०२८१ नम्बरको नयाँ टाटा पिकअफ उपलब्ध गराएको हो । इलाकाले आफ्नो गाडी व्यवस्था नगरुञ्जेलका लागि प्रयोग गर्दै गर्न ती गाडी प्रहरीलाई उपलब्ध गराइएको पालिकाले जनाएको छ ।