२०८३ बैशाख १८ गते , शुक्रबार
दशैंमा झापा जिल्ला अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
बिर्तामोड । झापा जिल्ला अदालतमा दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । विदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्न बिहान ११ देखि ३ बजेसम्म अदालत खुला रहने भएको हो ।
दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए।
अन्य सरकारी कार्यालय दशैका अवसरमा सामान्यतयः ६ दिन विदा दिने गरे तापनि देशभरका अदालतहरु भने घटस्थापनाकाे दिनदेखी कोजाग्रत पूर्णिमाको दिनसम्म १५ दिन सार्वजनिक बिदा दिने गरिएको छ ।