२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा प्रहरी भवनको पुनर्निर्माण द्रुत गतिमा, सहयोग धमाधम जुट्दै

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १० गते , शुक्रबार
बिर्तामोडमा प्रहरी भवनको पुनर्निर्माण द्रुत गतिमा, सहयोग धमाधम जुट्दै

बिर्तामोड जेन जी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माण कार्य द्रुत गतिमा भइरहेको भदौ २४ गते आन्दोलनकारीले गरेको तोडफोड आगजनीबाट ध्वस्त बनेका ती संरचनाको मर्मत सम्भार स्थानीय युवाहरुको पहलमा तीब्र गतिमा भइरहेको हो

पुनर्निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको ,’ पुनर्निर्माणमा अगुवाई गरिरहेका रमेश चौधरीले भने,‘अलग अलग कामको जिम्मा अलग अलग मानिसलाई दिएर तीब्र गतिमा काम गरिरहेका छौँ

तोडफोडबाट भत्किएका भित्ता तथा वाल मर्मत, रंगरोगन, झ्यालढोका मर्मत, वाइरिङको काम धमाधम भइरहेको इलाका प्रहरी कार्यालयको व्यारेक पूर्ण क्षति भएकाले इटा जडान तथा टीन लगाउने कार्य भइरहेको

चाडपर्व नजिकिएसँगै बढेको सुरक्षा चुनौतीका कारण काम चाँडो सकेर प्रहरी पुनस्र्थापित गराउनु पर्ने बाध्यता रहेको पुनर्निर्माणमा अगुवाई गरिरहेका पदम श्रेष्ठले बताए

क्षतिग्रस्त प्रहरी संरचना पुनः निर्माणका लागि सहयोग जुट्दै

सुरक्षा निकायको पुनस्र्थापना विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग जारी राखेका छन् हालसम्म करिब नगद २० लाख जिन्सी सामान १० लाख बराबरको प्राप्त भइसकेको पुनर्निर्माणमा अगुवाई गरिरहेका अर्का व्यवसायी पदम श्रेष्ठले भने, ‘उद्योग वाणिज्य संघ बिर्तामोड, वैदेशिक रोजगार व्यवसायी संघ झापा लगायतले राम्रो सहयोग गर्ने बचन दिनु भएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनका लागि एसियन पेन्ट्सको आधिकारीक बिक्रेता गरिमा इन्टरप्राइजेजका सञ्चालक श्याम श्रीवास्तवले रंग निशुल्क उपलब्ध गराउनुका साथै स्वयम्सेवकको कामसमेत गरिरहेका छन्

शुक्रबार एकका लागि एक अभियानले एक लाख रुपैयाँ बरावरको जिन्सी सामग्री पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा आयोजित कार्यक्रमकाबीच एक सय थान ब्लाङ्केट सहित पाँच लाख रुपैयाँको चेक भवन पुनः निर्माण व्यवस्थापनमा रहेको टोलीलाई हस्तान्तरण गरिएको हो अभियानका तर्फबाट नवीन गट्टानीले भवन पुनः निर्माण व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका पदम श्रेष्ठ, रमेश चौधरी, विपिन वजगाँई, सजेश शिवाकोटीलाई  हस्तान्तरण गरेका थिए

रोटरी क्लब अफ बिर्तामोडले थान कम्प्युटर सेट, समर्पित फाउण्डेशनले  थान कम्प्युटर थान प्रिन्टर, अर्जुनधारा जलेश्वरधामले ५१  हजार रुपैयाँको चेक, नेपाल चार्टर एकाउन्टेन्ट संघ झापाले ५१ हजार रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका छन्

त्यस्तै साम्भावी फुड एण्ड बेभरेज अर्जुनधाराले ५१ रुपैयाँको चेक, न्यू क्वालिटी कम्प्युटर बिर्तामोडले थान प्रिन्टर, मनोज प्रसाईं बिर्तामोडले २१ हजार रुपैयाँको चेक, मारवाडी सेवा समितिसहितका संस्थाबाट एक लाख रुपैयाँको चेक न्युटन्स एजुकेशन एकेडेमीको बाल क्लबले ११ हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरेका थिए

देश तथा विदेशबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको निर्माण कार्यमा सहभागी पदम श्रेष्ठले बताए

सम्बन्धित समाचार