२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ९ गते , विहीबार
बिर्तामोडमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ७ खालबाडीमा हात्तीको आक्रमणमा परी एक अपरिचित व्यक्तिको मृत्यु भएको हो ।
बुधबार राति आएको हात्तीले कुल्चँदा तत्काल नाम थर वतन नखुलेका ३५/३६ वर्षको तराई मूलको जस्तो देखिने व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले कुल्चिएका कारण मृतकको आन्द्राभुँडी बाहिर निस्किएको र घोप्टो परेको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार