२०८३ बैशाख १८ गते , शुक्रबार
शब्दपत्र डटकम ५ औं बर्षमा प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टल ५औं बर्ष प्रवेश गरेको छ । २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्र डटकम अनलाइनले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा आधिकारिक कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।
स्थानीय समाचार तथा सूचनालाई प्राथमिकता दिदै आएको शब्दपत्रले बिभिन्न आरोह अवरोह पार गर्दै आज (सोमवार) देखि सफलता पूर्वक चौथों बर्ष पूरा गर्दै पाँचौं बर्ष प्रवेश गरेको छ । शब्दपत्रले प्रत्येक बर्षको घटस्थापनाको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।