२०८३ बैशाख १८ गते , शुक्रबार

लागूऔषध कारोबारी खरेल कारागार चलान, सहयोगी घिमिरे धरौटीमा रिहा

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ५ गते , आईतबार
लागूऔषध कारोबारी खरेल कारागार चलान, सहयोगी घिमिरे धरौटीमा रिहा

बिर्तामोड लागूऔषध कारोबारी भानुभक्त खरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् उनले सञ्चालन गरेको गोदामबाट ठूलो मात्रामा लागूऔषध फेला परेपछि फरार खरेललाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए

औषधी व्यवसायीको आवरण राजनीतिक संरक्षणमा लामो समयदेखि लागूऔषध कारोबार गर्दै आएका बिर्तामोड निवासी भानुभक्त खरेललाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको सनलाइट फर्माका सञ्चालक खरेल नेकपा एमाले बिर्तामोड नगर कमिटिको सदस्य नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल झापाका उपाध्यक्ष हुन्

खरेलले सञ्चालन गर्दै आएको बिर्तामोड मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरबाट प्रहरीले साउन गते करिब ३५ लाख मुल्य बराबरको लागूऔषध बरामद गरेको थियो गोदाममा प्रहरीले छापा मारेपछि फरार भएका खरेललाई भदौ २८ गते स्थानीयले घर नजिकैबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए

सहयोगी घिमिरे धरौटीमा छुटे

प्रहरीले खरेलको गोदाममा छापा मारेसँगै उनका कामदार अर्जुनधारा दासपुल निवासी २५ बर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो जेन जी आन्दोलनको क्रममा भदौ २४ गते बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका घिमिरेले असोज गते प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए उनी आइतबार लाख २५ हजार रुपैँया धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

सम्बन्धित समाचार