संविधान दिवसमा बिर्तामोडमा प्रभातफेरी
बिर्तामोड । संविधान दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी निकालिएको हो ।
हनुमान कम्प्लेक्स अगाडिबाट निकालिएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल, इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले कोणसभालाई सम्बोधन गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गरेका थिए ।
प्रभातफेरीमा नागरिक सेवक, विरता जेसीज, विरता लेडी जेसिज, रोटरी क्बल अफ बिर्तामोड, वैदेशिक रोजगार व्यवसायी संघ झापा, प्रेस सेन्टर नेपाल झापा, प्याब्सन बिर्तामोडलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागी रहेको थियो । सहभागीहरुले ‘प्रेस स्वतन्त्रता जिन्दावाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’ जस्ता नारा लगाएका थिए ।