२०८३ बैशाख १८ गते , शुक्रबार

मन्त्री घिसिङद्वारा डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३० गते , सोमबार
मन्त्री घिसिङद्वारा डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन

बिर्तामोड नवनियुक्त ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो निर्देशन दिएका हुन नेपाल आर्थिक राजनीतिक रुपमा सङ्कटमा , यतिबेला व्यवसायी, देशभित्र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘डेडिकेटेड ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको , यो तत्काल गर्नुपर्ने काम हो मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गरे

आज शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकासँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे

पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए

ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे

उनले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्

सम्बन्धित समाचार