२०८३ बैशाख १८ गते , शुक्रबार

भाटभटेनीको विराटनगरको स्टोरमा भेटिएको जलेको शव

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३० गते , सोमबार
भाटभटेनीको विराटनगरको स्टोरमा भेटिएको जलेको शव

बिर्तामोड आगलागीबाट ध्वस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपर मार्केटको स्टोरमा पनि एउटा शव फेला परेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको हो

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको जानकारी दिए

जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् जलेको अवस्थामा भएका कारण पहिचान खुलेको छैन

शुक्रबार भाटभटेनीको धरान शाखामा जनाको शव फेला परेको थियो

गत मंगलबार कोशी प्रदेशमा रहेको पाँच मध्ये चार वटा स्टोरमा आगजनी भएको थियो   विराटनगर, धरान, दमक बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी लुटपाट भएको थियो इटहरीको शाखा स्थानीयले जोगाएका थिए

सम्बन्धित समाचार