२०८३ बैशाख १८ गते , शुक्रबार
नागरिक सेवकको अगुवाईमा बिर्तामोडको ट्राफिक व्यवस्थापन
बिर्तामोड । बिर्तामोडस्थित मुक्तिचोकको चौबाटोमा ट्राफिक अस्तव्यस्त बनेपछि नागरिक सेवकको अगुवाईमा व्यवस्थापन गरिँदैछ । जेन जी आन्दोलनका कारण ट्राफिक प्रहरी विस्थापित बनेसँगै अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापनमा नागरिक सेवकले सहजीकरण गरेको हो ।
नागरिक सेवकसँगै ड्राइभिङ स्कुल एशोसिएसनले ट्राफिक व्यवस्थापन सहज बनाउन सहयोग गरेका थिए । भदौ २४ गते जेन जी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड भएपछि ट्राफिक प्रहरी विस्थापित बनेको छ । ट्राफिक प्रहरी सडकमा नहुँदा सवारी चालकले जथाभावी सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने गर्दा जाम बढ्ने, दुर्घटना हुने जस्ता जोखिम बढेको छ ।