२०८३ बैशाख १८ गते , शुक्रबार
नागरिक सेवकद्वारा दिप प्रज्वलन
बिर्तामोड । जेन जी आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै मुक्तिचोकमा दिप प्रज्वलन गरिएको छ । नागरिक सेवकको अगुवाईमा आज साँझ दिप प्रज्वलन गरिएको हो ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा हालसम्म देशभर ७२ जनाले ज्यान गुमाइसकेका छन् । जसमा झापाको बिर्तामोडमा भएको आन्दोलनमा २ जना झापालीसहित ३ सर्वसाधारणको निधन भएको थियो ।
भ्रष्टाचाररहित संस्कारयुक्त मुलुक निर्माणको माग राखेर आन्दोलनमा होमिँदा ज्यान गुमाएका शहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको नागरिक सेवकका संयोजक सन्तोष घिमिरेले बताए ।