२०८३ बैशाख १८ गते , शुक्रबार

इलाका र भाटभटेनीबाट चोरिएका मोटरसाइकल तथा सामान नागरिक प्रहरीद्वारा संकलन शुरु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २७ गते , शुक्रबार
इलाका र भाटभटेनीबाट चोरिएका मोटरसाइकल तथा सामान नागरिक प्रहरीद्वारा संकलन शुरु

बिर्तामोड जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनी भाटभटेनी सुपर स्टोर्सबाट चोरिएको सामानहरु संकलन शुरु गरिएको नागरिक प्रहरीको टोलीले शुक्रबार बिर्तामोड को घण्टीबारी क्षेत्रबाट चोरिएका सामाग्रीहरु संकलन गरेको हो

ठूलो मात्रामा सामानहरु चोरी गरेर घरघरमा लुकाइराखेको भन्ने सुचनाका आधारमा त्यहाँ पुगेको नागरिक प्रहरीले प्रहरीको बुट, फेन, उफर, जलेका दुई थान मोटरसाइकल, बालबालिकाका खेलौना, टेबल, ग्यास सिलिण्डर आदि संकलन गरेर नेपाली सेनालाई जिम्मा लगाइएको नागरिक प्रहरीका अगुवा तेजराज कोइरालाले जानकारी दिए

आजै प्र.०१०१३प ६५९८, को ३२ ६२६१ अर्को एउटा मोटरसाइकलसमेत फेला पारेर सुरक्षित गरिएको उनीहरुले बताएका छन् । उनीहरुले ७ थान बन्दुकको गोलीसमेत संकलन गरेर नेपाली सेनालाई बुझाएका छन् ।

 

नागरिक प्रहरी क्षतिग्रस्त इलाका प्रहरी कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण प्रहरी पुनर्स्थापनामा समेत सहकार्य गर्ने अर्का अगुवा आयुष बस्नेतले जानकारी दिए  

सम्बन्धित समाचार