२०८३ बैशाख १८ गते , शुक्रबार

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको नाममा सहमति

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २७ गते , शुक्रबार
अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको नाममा सहमति

बिर्तामोड पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन्

यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ अधिवक्ता ओम प्रकाश अर्यालपनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए

कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिए दुवै पक्ष आफ्नो अडान यथावत् रहेका थिए तर, अन्त्यमा संसद विघटन गर्ने विषयमा सहमति जुटेको हो

यसअघि भदौ २३ २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए

सम्बन्धित समाचार