२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा प्रहरी पुनर्स्थापनाका लागि बहस शुरू

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २७ गते , शुक्रबार
बिर्तामोडमा प्रहरी पुनर्स्थापनाका लागि बहस शुरू

बिर्तामोड । जेनजीको आन्दोलनबाट ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्स्थापनाका लागि बहस सुरु गरिएको छ।
नागरिक प्रहरी, सामाजिक अगुवाहरूले आन्दोलनबाट ध्वस्त बनेको जिल्ला ट्राफिक र इलाका प्रहरी कार्यालय सरसफाई पश्चात प्रहरी पुनर्स्थापनाका लागि बहस शुरू भएको छ ।
नागरिक प्रहरीले सबै सरोकारवालासँग छलफल अगाडि बढाउँदै प्रहरी पुनर्स्थापनाका लागि बहस शुरू गरिएको नागरिक प्रहरीको अगुवाई गरिरहेका सन्तोष घिमिरेले बताए । आज बेलुका सबै सरोकारवालासग छलफल आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
सबै सरोकारवालाहरूको छलफलबाट प्रहरीको पुनर्स्थापना आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
नागरिकको सुरक्षाका निमित्त तत्काल प्रहरी पुनर्स्थापना गर्न आवश्यक रहेको युवा व्यवसायी मिजास पोखरेल बताउँछन् । 'क्रेडिट कसले लिने भन्दा पनि सबैको अपनत्वमा प्रहरी स्थापना गरी शान्ति सुव्यवस्था कायम गरिनुपर्छ,' उनले भने ।
जेनजीको अगुवाइमा आन्दोलन भएको र पुनर्स्थापनामा पनि जेनजीहरूको प्रतिनिधित्व गरिनुपर्ने उनीहरूले बताउँदै आएका छन्। 

सम्बन्धित समाचार