नागरिक प्रहरीको टिसर्ट सार्वजनिक, अवाञ्छित गतिविधि भए सम्पर्क गर्न आग्रह
बिर्तामोड । झापाको बिर्तामोडमा नागरिक प्रहरीको टिसर्ट सार्वजनिक भएको छ । एक संक्षिप्त कार्यक्रमका बीच उनीहरुले टिसर्ट सार्वजनिक गरेका हुन् ।
टिसर्ट सार्वजनिक गर्दै संयोजक सन्तोष घिमिरेले प्रहरीको अनुपस्थितिमा आपराधिक गतिविधि बढ्न नदिन नागरिक स्तरबाट सुरक्षा प्रदान गर्नु परेको बताए । हरेक नागरिक आफ्नो सुरक्षाका लागि आफै प्रहरी बन्नु पर्ने भन्दै सुरक्षा निकाय पूर्ण रुपमा कार्यस्थलमा फर्किएपछि आफूहरुको काम सकिने उनले बताए । आफ्नो ठाउँ आफ्नै सुरक्षामा भन्ने नाराका साथ काम गर्ने घिमिरेले बताए । टिममा सबै नेपाली नागरिक जोडिन सकिने बताइएको छ ।
घर टोलमा कुनै शंकास्पद गतिविधि भएको पाइए नागरिक प्रहरीको हटलाइन नम्बरहरु ९८६२७७७६४४, ९८२२१९७४७२, ९७०८०७८११७, ९८१७०४०२३७ नेपाली सेनाका सेनानी दीपेन्द्रबहादुर बुढा ९८५८०५१७३३, जिल्ला प्रहरी झापाका प्रवक्ता ९८५२६९०२३२ मा सम्पर्क गर्न उनीहरुले अनुरोध गरेका छन् ।
आगलागीबाट कवाडी बनेका सामानहरू चोरिहुन थाले पछि पुरानो ट्राफिक कार्यालयबाट नया ट्राफिक प्रहरी कार्यालयमा सारेका छन् । टोल टोलमा नागरिक प्रहरी गठन गर्न उनीहरुले आग्रहसमेत गरेका छन् ।