२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा ८ बजेपछि कर्फ्यु कडाईका साथ लागू गरिने
बिर्तामोड । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विहान ८ बजेपछि झापामा कडाईका साथ कर्फ्यु लागू गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार ८ बजेसम्मका लागि अत्यावश्यक सामग्री खरिद गर्न कर्फ्यु केही खुकुलो पारिएको भएपनि ८ बजेपछि कडाईका साथ अर्को सूचना नआएसम्म कर्फ्यु जारी रहने छ ।
कर्फ्युको समयमा भेलाजम्मा नहुन, अत्यावश्यक काम परे सुरक्षा निकायको अनुमति लिएर हिड्न कार्यालयले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले मङ्गलबार साँझदेखि कर्फ्यु आदेश जारी गर्दै आएको छ।